Logo
५ आश्विन २०८१, शनिबार
(August 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले पार्टी कार्यालयमा मदन भण्डारीको प्रतिमा, ओलीले गरे अनावरण

नेकपा एमालेको ललितपुर च्यासलस्थित पार्टी कार्यालयमा जननेता मदन भण्डारीको प्रतिमा स्थापना गरिएको छ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भण्डारीको प्रतिमा बिहीबार अनावरण गरे।

केन्द्रीय सचिवालय बैठक सुरु हुनुअघि ओलीले प्रतिमा अनावरण गरेका हुन्।

कार्यक्रममा पार्टीका शीर्ष नेताहरू सहभागी भए। भण्डारीको अर्धकदको प्रतिमा कलाकार लालकाजी लामाले निर्माण गरेका एमालेले जनाएको छ।

 

प्रकाशित मिति: Aug 29, 2024

प्रतिक्रिया दिनुहोस्