Logo
५ आश्विन २०८१, शनिबार
(August 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वविद्यालयमा सरकारले हस्तक्षेप गरेको छैन : शिक्षामन्त्री

 शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सरकारले कुनै पनि विश्वविद्यालयमा हस्तक्षेप नगरेको बताएकी छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा शून्य र विशेष समयमा सांसदहरुले उठाएका विषयहरुको सन्दर्भमा जवाफ दिँदै मन्त्री भट्टराईले सरकारले कुनै पनि विश्वविद्यालयमा हस्तक्षेप नगरेको बताएकी हुन्।

उनले प्रधानमन्त्रीबाट कुलपतिको हैसियतले निर्देशन दिनेबाहेक अन्य कुनै पनि विश्वविद्यालयमा हस्तक्षेप नभएको स्पष्ट पारे। उनले आफूले प्रधानमन्त्रीलाई हस्तक्षेप गर्नका लागि नगुहारेको पनि बताए। मन्त्री भट्टराईले विद्यमान नियम, कानुनबमोजिम कुलपति र सहकुलपतिका हैसियतले प्रधानमन्त्री र शिक्षामन्त्रीले आवश्यक निर्देशन दिनुपर्ने भन्दै सो काम आफूहरुले संयुक्त रुपमा गरिरहेको बताइन्।

उनले विश्वविद्यालयका व्यवस्थापकीय कार्यमा सरकारले कुनै पनि हस्तक्षेप नगरेको र आगामी दिनमा पनि नगर्ने बताइन्।

उनले भनिन्  ‘उच्च शिक्षा पढ्न विदेश जाने लहर बढ्दो छ। विश्वविद्यालयमा योग्यता प्रणालीको शुरुवात भएको थियो। प्रधानमन्त्रीबाट हस्तक्षेप भयो। शिक्षामन्त्रीबाट विश्वविद्यालयमा राजनीतिक हस्तक्षेपको लागि गुहारिएको देखियो भन्ने प्रश्नमा, शिक्षामा प्रणालीगत सुधार हुन नसक्नु, विद्यार्थीहरुले पढ्दै कमाउने अवसर हामीले दिन नसक्नु हो। प्रधानमन्त्रीबाट कुलपतिको हैसियतले निर्देशन दिने बाहेक अन्य कुनैपनि विश्वविद्यालयमा हस्तक्षेप गरिएको छैन।’

मन्त्री भट्टराईले राजनीतिक प्रतिवद्धता र कानुनी शासनलाई विश्वविद्यालयभित्र नस्वीकारे विश्वविद्यालयहरु हस्तक्षेपकारी अवस्थामा पुग्ने भन्दै यसतर्फ सबैलाई सचेत गराइन्।

प्रकाशित मिति: Aug 29, 2024

प्रतिक्रिया दिनुहोस्