Logo
५ आश्विन २०८१, शनिबार
(August 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

परराष्ट्रनीतिमा विगतमा हाम्रा कमजोरी रहेछन्,सुधार गर्दैछु-मन्त्री राणा

परराष्ट्रमन्त्री आरजु राणा देउवाले दुई ठुला दल मिलेर सरकार बन्नु कुनै अनौठो नभएको प्रतिक्रिया दिएकी छन्।
कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री राणाले देशका विभिन्न समस्या समाधानका लागि दुई ठुला दल एमाले र काँग्रेस मिलेको बताइन्।

उनले भनिन,‘देश समस्यामा परेको समयमा ठुला दलकै सरकार बनेको छ,सरकार अस्थिर हुँदा विकासको गति र समृद्धिको चाहना पूरा नभएकोले अहिलेको स्थिर सरकार बनेको हो।’ उनले थपिन,‘स्थिर सरकारकै लागि हामी मिलेका हौँ।’ मन्त्री राणाले अहिलेको सरकारको एउटा उद्देश्य संविधानको संशोधन पनि भएको बताइन्।

तर,संविधानको मूलभूत सिद्धान्त परिवर्तन नहुने उनको दाबी थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले महिलालाई प्रधानमन्त्री बनाउन चाहन्छु भन्नुभएको र धेरैले तपाईं बन्नुहुन्छ भनेर अनुमान गरेका छन् नी भनेर पत्रकारले सोधेको जिज्ञासामा उनेले भनिन,‘बाहिर मेरोबारे जेजस्तो भए पनि पार्टीभित्र मेरो हैसियत के छ भन्नेबारे म जानकार छु। प्रधानमन्त्रीज्यूले आफ्नै पार्टीका महिलालाई प्रधानमन्त्री बनाउने कुरा गर्नुभाको होला।’

उनले कांग्रेस पार्टीमा थुप्रै नेता प्रधानमन्त्रीका लागि योग्य भएकाले आफू त्यसको लाइनमा नभएको बताइन्। परराष्ट्रमन्त्री बनेको छोटो समयमै नेपाललाई सबै देशले सहयोग गर्न चाहेको कुरा आफूलाई लागेको मन्त्री राणाको भनाई थियो।

सबै देश नेपालप्रति सकारात्मक छन्,उनले भनिन्,‘तर विगतमा हाम्रोतर्फ केही कमजोरी भएका रहेछन्। अब ती कमजोरीलाई सुधार गर्नतर्फ लाग्छौं।’

प्रकाशित मिति: Aug 29, 2024

प्रतिक्रिया दिनुहोस्