Logo
५ आश्विन २०८१, शनिबार
(August 28, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनी सरकारका मुख्य न्यायाधीवक्ता खनालले लिए शपथ

दाङ- लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायाधीवक्ता यमलाल खनालले पद तथा गाेपनीयताकाे सपथ लिएका छन्।

प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरकाे उपस्थितिमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेयले पद तथा गाेपनीयताकाे शपथ ग्रहण गराएका हुन्।

शपथ ग्रहण समाराेहमा मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तीमगर, उपसभामुख मेनुका खाँड केसी लगायतकाे विशेष उपस्थिति थियाे।

मुख्य न्यायाधीवक्ताको काम, कर्तव्य¸ अधिकार र सेवाका अन्य शर्तसम्बन्धी ऐन, २०७५ वमाेजिम खनाललाई शपथ ग्रहण गराइएको थियाे।

मुख्यमन्त्री आचार्यको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले बुटवल उपमहानगरपालिका-९ निवासी खनाललाई गत भदौ ६ गते मुख्य न्यायाधीवक्तामा नियुक्त गरेका थिए।

नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम खनाललाई मुख्य न्यायाधीवक्ता नियुक्त गरिएको हाे।

प्रकाशित मिति: Aug 28, 2024

प्रतिक्रिया दिनुहोस्