Logo
५ आश्विन २०८१, शनिबार
(August 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवनको सत्रकिलोमा अर्को बस पल्टियो

तनहुँको  मर्स्याङ्दी नदीमा भएको बस दुर्घटनाको उद्धार नसकिँदै चितवनमा शुक्रबार दिउँसो अर्को बस दुर्घटना भएको छ।

रौतहटको गौरबाट पोखराका लागि जाँदै गरेको ग २ ख ४७ नम्बरको बस अनियन्त्रित भएर सडकमै पल्टिएको हो।

चितवनको भरतपुर महानगरपालिका २९ सत्र किलो भन्ने स्थानमा माथिबाट ढुंगा खसेर चालक अत्तालिएको र बस अनियन्त्रित भइ पल्टिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले  जानकारी दिए।

उनका अनुसार हालसम्म १९ जना घाइतेलाई उद्धार गरी अस्पताल लगिएको छ।

‘९ जनाको भरतपुरको सरकारी अस्पताल र १० जनाको पुरानो चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।’ डीएसपी भण्डारीले भने, ’दुई जनाको अवस्था गम्भीर छ, चार जना सकुशल छन्।

बसमा करिब ३५ यात्रु रहेको अनुमान गरिएको र घाइतेलाई उद्धार गरी अस्पताल लैजाने कार्य जारी रहेको डीएसपी रिजालले बताए। बस सडकमै पल्टिएकाले अहिले सडक एकतर्फी मात्रै संचालनमा रहेको र दुईतर्फी खुलाउने प्रयास जारी रहेको उनले बताए।

 

प्रकाशित मिति: Aug 23, 2024

प्रतिक्रिया दिनुहोस्