Logo
५ आश्विन २०८१, शनिबार
(August 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेनाले माग्यो २८० जना अधिकृत क्याडेट, कसरी दिने आवेदन ? (सूचनासहित)

काठमाडौँ । नेपाली सेनामा रिक्त अधिकृत पद (सहायक सेनानी र उपसेनानी) मा खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त आव्हान गरिएको छ । रिक्त २८० पदका लागि आवेदन आह्वान गरिएको हो ।

भर्ना छनौट निर्देशनालयले आज एक सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाईट www.nepalarmy.mil.np बाट अनलाइन दरखास्त फाराम भर्न सक्ने जनाएको छ ।

फारम भरी सो को प्रिन्ट सहित स्वयम् उपस्थित भई तोकिएको भर्ना केन्द्रमा रू.९  दशको टिकट टाँसी दरखास्त पेस गर्न आव्हान गरिएको छ ।  आगामी असोज ६ गतेसम्म दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

sena

प्रकाशित मिति: Aug 23, 2024

प्रतिक्रिया दिनुहोस्