Logo
५ आश्विन २०८१, शनिबार
(August 22, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली लक्षित सुमनाकाे प्रहार : बुद्धि भन्दा बल ठूलो, बल भन्दा दल ठूलो रहेछ

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले बुद्धिभन्दा बुद्धि भन्दा बल ठूलो, बल भन्दा दल ठूलो भन्दै संसदमा व्यंग्य प्रहार गरेकी छिन् । बिहिबार संसदमा बोल्दै सांसद श्रेष्ठले विश्वविद्यालयमा भइरहेको दलीय भागबण्डा विवादलाई लिएर उनले सो अभिव्यक्ति दिएकी हुन् ।

‘सानो हुँदा पढेको थिएँ ‘बलभन्दा बुद्धि ठूलो’ भनेर, तर अहिले विश्वविद्यालयको अवस्था हेर्ने हो भने र धेरै माननीयज्यूहरुले यहाँ प्रकट गरेको व्यवहारिक शिक्षा हुनुपर्छ भनेको देख्दाखेरी, हैन बुद्धिभन्दा बुद्धि भन्दा बल ठूलो, बल भन्दा दल ठूलो भनेर पढाइयो ।’, सांसद श्रेष्ठले भनिन् ।

त्यस्तै उनले विश्वविद्यालयको कुलपति समेत रहेका प्रधानमन्त्रीको दलको संगठनले विभागको प्रमुखका लागि लबिङ् गरेर विश्वविद्यालयमा आतंक मच्याएको आरोप लगाएकी छिन् ।

‘विभागिय प्रमुखको पदको लागि यो दलीय राजनीतिकरणले निम्त्याएको दुर्दशा हो सभामुख महोदय । तर यो त्यतिमा मात्र सिमित चाहीँ रहँदैन । यसमा कार्यक्षमता र नियतको पनि प्रश्न उठ्छ ।

विवाद भएका विश्वविद्यालयका कुलपति को ? प्रधानमन्त्री । एउटा मन्त्रीले अर्को मन्त्रीलाई सामाजिक संजालमा जोडदार माग गर्नुपर्ने । त्यो मन्त्रीहरुको परिषद्को कप्तान को  ? प्रधानमन्त्री ।

दलको राजनीतिले जडजड बनाएको २ वटा ठूलो राजनीतिक दलको भातृ संगठन, प्रशासनीक संगठन, प्राध्यापको संगठनले जडजड बनाएर हैन म यो दिशा दिन्छु भनेर भाग्ने कप्तान को ? प्रधानमन्त्री ।’

,उनले थपिन, ‘साउन ३० गतेतिर सरस्वती क्याम्पसमा चिट चोराउन गएका अनेरास्ववियुका नेताले परिक्षा नियन्त्रकलाई कुटे । क्याम्पस प्रमुख र क्याम्पस प्रशासन मुकदर्शक बन्यो ।

त्यसको माउ पार्टीको अध्यक्ष को ? प्रधानमन्त्री । शिक्षालयमा दल चाहिन्छ भनेर अहिले सेनापतिका रुपमा सबैठाउँमा बोल्दै हिँड्ने, दलगत हुनुपर्छ, राजनीति चाहिन्छ, शिक्षकहरुले राजनीति गर्नुपर्छ, प्राध्यापकले राजनीति गर्नुपर्छ भन्ने को हुनुहुन्छ ? अहिलेका प्रधानमन्त्री । ‘

प्रकाशित मिति: Aug 22, 2024

प्रतिक्रिया दिनुहोस्