Logo
५ आश्विन २०८१, शनिबार
(August 22, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलम्बुमा भेटिएको शंकास्पद वस्तु डिस्पोज

चन्द्रागिरि नगरपालिका –१२ स्थित बलम्बु विद्यालय नजिक एक घरको आँगनमा शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ।

प्रहरी कार्यालय बलम्बु प्रभागका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यका अनुसार बिहान तारसहितको प्रेसर कुकर झोलामा  घरअगाडि फेला परेको थियो।  स्थानीयले प्रहरीलाई खवर गरेपछि डिस्पोजल टोलीलाई बोलाएर डिस्पोज गराएको उनले बताए।

शंकास्पद देखिएको सो वस्तुलाई नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरे पनि त्यसमा विस्फोटक पदार्थ नरहेको आचार्यको भनाइ छ।  स्थानीयलाई तर्साउन सो वस्तु राखिएको हुनसक्ने आशंका प्रहरीले गरेको आचार्यले बताए।

शंकास्पद वस्तु राख्ने दुई जनामाथि शंका गरिएको र उनीहरुको खोजी भइरहेको आचार्यले बताए।

प्रकाशित मिति: Aug 22, 2024

प्रतिक्रिया दिनुहोस्