Logo
५ आश्विन २०८१, शनिबार
(August 22, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चाँडै प्रहरी समायोजन हुन्छ : गृहमन्त्री

 गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीसम्बन्धी विधेयकको मस्यौदा चाँडै संसदमा लग्ने बताएका छन्।

बिहीबार बिहान जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले नेपाल प्रहरीसम्बन्धी २०१२ मा बनेको कानून परिमार्जन गरी संघीय लोकतान्त्रिक व्यवस्थाअनुसार बनाउन मस्यौदा तयार भइरहेको बताए। मस्यौदा सहमतिका लागि अर्थ मन्त्रालयमा पठाउने निर्णय भइसकेको उनले जानकारी दिए।

अर्थ मन्त्रालयले सहमति दिएपछि सो मस्यौदा मन्त्रिपरिषदमा लैजाने समेत मन्त्री लेखकले बताए। मन्त्रिपरिषदबाट पास भएपछि त्यसलाई संसदमा लग्ने उनले बताए।

गृह मन्त्रालयले बनाएको उक्त मस्यौदा संसदबाट पारित भएसँगै प्रहरी समायोजन ऐनअनुसार प्रदेश प्रहरी गठन प्रक्रिया शुरु हुने उनको भनाइ छ।

फरक प्रसंगमा लेखकले मुलुकको दिगो विकास, समृद्धि र अर्थतन्त्रमा देखिएको समस्या सम्बोधन गर्न दुई ठूला दल मिलेर स्थिर सरकार बनाएको प्रतिक्रिया दिए।

 

प्रकाशित मिति: Aug 22, 2024

प्रतिक्रिया दिनुहोस्