Logo
५ आश्विन २०८१, शनिबार
(August 21, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीय तहको उपनिर्वाचनमा रास्वपा सहभागी हुन्छ : सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने बताएका छन्।

बिहीवार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा संक्षिप्त प्रतिक्रिया दिँदै उनले रास्वपाले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने बताए।

उनले निर्वाचनका लागि कुन ढंगले अगाडि बढ्ने भनेर पार्टीभित्र छलफल प्रारम्भ भएको जानकारी दिए। पार्टी निर्वाचनमा कसरी जाने भन्ने सन्दर्भमा थप छलफल गरेर निष्कर्षमा पुगिने उनको भनाई छ।

‘राजनीतिक दलले भाग नलिने भन्ने कुरै छैन‚ कुन ढंगले लिने भनेर छलफल भइरहेको छ‚’ उनले भने‚ ‘थप छलफल गर्दैछौँ कसरी, कुन तरिकाले जाने त्यसको वर्कआउट गर्छौं। बल्ल शुरुवात भएको छ।’

देशभरमा नगरपालिका प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा वडा अध्यक्ष गरी ३४ पद रिक्त रहेको निर्वाचन आयोगले जनाएको छ।

सरकारले उपनिर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको छ भने रिक्त स्थानहरुमा मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि निर्वाचन आयोगले सूचना आह्वानसमेत गरिसकेको छ।

प्रकाशित मिति: Aug 21, 2024

प्रतिक्रिया दिनुहोस्