Logo
५ आश्विन २०८१, शनिबार
(August 21, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयकमा त्रुटि भएको भन्दै पीडित संघको शान्तिपूर्ण धर्ना

काठमाडौं( नेपाल माओवादी पीडित संघले शान्तिपूर्ण धर्नाको आयोजना गरेको छ। संघले बुधबार माइतीघर मण्डलामा सङ्क्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयकमा त्रुटि भएको भन्दै धर्नाको आयोजना गरेको हो।

प्रतिनिधिसभामा बहुमतले पारित भएको सङ्क्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयकका कतिपय प्रावधानहरू त्रुटिपूर्ण रहेको संघले जनाएको छ।

त्रुटिपूर्ण प्रावधानहरू संशोधन गर्नका लागि राष्ट्रियसभाका सदस्यहरूलाई संघले अपिल गरेको छ।

पीडा र अन्यायमा वर्षौंदेखि पिल्सिरहेका पीडितहरूको सत्य, न्याय र परिपूरण अधिकार कुण्ठित गरेको संघको भनाइ छ।

‘दण्डपीडित विधेयक २०८१ पीडितलाई ऐन र पीडकलाई चैन’,’द्वन्द्वपीडितका उजुरी पुरानै कानुनअनुसार छानबिन गर’, ‘पीडकलाई ७५५ सजाय छुटको व्यवस्था खारेज गर्’, ‘पीडितहरूको आवाज बेवास्ता गर्न बन्द गर’, ‘पीडितलाई थप अपमानित र अपहेलित गर्न बन्द गर’ जस्ता नारा लेखिएका पम्प्लेट प्रदर्शन गरिएको थियो।

संशोधनसम्बन्धी विधेयक राष्ट्रियसभामा विचाराधीन छ।

अन्तर्राष्ट्रिय संस्थाहरूले पनि विधेयकमा धेरै कमजोरी रहेको बताएका छन्। ह्यूमन राइट्स वाच, इन्टर्न्याश्नल कमिसन अफ जुरिस्ट्स र एम्नेस्टी इन्टर्न्याश्नलले मंगलबार विधेयकमा धेरै कमीकमजोरी रहेको जनाउँदै संयुक्त विज्ञप्ति जारी गरेका थिए।

 

 

 

 

प्रकाशित मिति: Aug 21, 2024

प्रतिक्रिया दिनुहोस्