Logo
५ आश्विन २०८१, शनिबार
(August 21, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिविका पदाधिकारी असुरक्षित, शिक्षामन्त्रीको समाजिक सञ्जालबाट गुहार

काठमाडौं- देशमा यतिबेला कांग्रेस-एमाले सम्मिलित दुई तिहाइको बलियो सरकार छ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री, कांग्रेसका नेता रमेश लेखक गृहमन्त्री छन्। तर, देशकै प्रतिष्ठित र पुरानो त्रिभुवन विश्वविद्यालय कांग्रेस एमालेमै आबद्ध विद्यार्थी संगठनको नाममा भएको गुण्डागर्दीका कारण आक्रान्त बनेको छ।

त्रिविको मानविकी तथा समाजशास्त्र विभागमा टीकाराम गौतमको नाम सिफारिस भएपछि कांग्रेस-एमालेकै विद्यार्थी संगठनले उनलाई नियुक्त नगर्न धक्की दिएका छन्।

धम्कीका कारण असुरक्षित भएको भन्दै कुलपति प्राडा. केशरजंश बराल, रेक्टर प्राडा. खड्क केसी र रजिष्ट्रार असुरक्षित भएको भन्दै कार्यालय नै जान छाडेका छन्।

उपकुलपति बराल १५ दिनदेखि बिदा लिएर घरमै बसेका छन् भने रेक्टर केसी बुधबार र रजिस्ट्रार रिजाल पनि बिहीबारदेखि असुरक्षित भएका भन्दै कार्यालय जान छाडेका छन्। त्रिविका पदाधिकारी कार्यालय जना छाडेपछि विश्वविद्यालयको काम नै प्रभावित भएको छ।

आफ्नै पार्टीको अध्यक्ष प्रधानमन्त्री एवंविश्व विद्यालयको कुलपति र कांग्रेसको गृहमन्त्री भएको अवस्थामा शिक्षामन्त्री विद्या भट्टराईले सामाजिक सञ्जालबाट त्रिवीका पदाधिकारीको सुरक्षाको प्रबन्ध गरिदिन गुहार मागेकी छन्।

मंगलबार बिहानै सामाजिक सञ्जालबाट भट्टराईले भनेकी छन्, ‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरूलाई फोन गर्दै धम्की दिने गरेको कारण सिंगो विश्वविद्यालय असुरक्षित बनेको छ। त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु।’

मन्त्री भट्टराईले पाँच दिनदेखि आग्रह गर्दा पनि कुनै सुनुवाई नभएपछि सामाजिक सञ्जालबाटै सुरक्षाकोका गर्नुपरेको जनाएकी छन्। आवेगमा नभई समस्या समाधान नभएपछि सार्वजनिक रुपमा गृहमन्त्रीको ध्यानाकर्षण गराउनुपरेको भट्टराईले मंगलबार दोस्रोपटक समाजिक सञ्जालमा लेखिकी छन्।

उनले भनिन्, ‘यहाँहरूले मलाई आवश्यक सुझाव दिनुभएकोमा आभारि छु। मैले सार्वजनिक अपिल गर्नुपर्ने भएर नै गरेको हो कुनै आवेगमा आएर लेखेको होइन। मैले ५ दिनदेखि लगातार सम्पर्क र समन्वय गरेको कुरासमेत जानकारी गराउन चाहन्छु।’

प्रकाशित मिति: Aug 21, 2024

प्रतिक्रिया दिनुहोस्