Logo
५ आश्विन २०८१, शनिबार
(August 18, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भ्रष्टाचार नियन्त्रणको नाममा सरकारले कुनै स्टन्टबाजी गर्दैन : प्रधानमन्त्री ओली

 प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणको नाममा सरकारले कुनै ‘स्टन्टबाजी’ नगर्ने बताए। विगतको सरकारजस्तो स्टन्टबाजी गरेर भ्रष्टाचार छोप्ने काम आफूले नगर्ने प्रधानमन्त्री ओलीले बताए  ।

उनले देशका लागि काम गरिरहेकाहरुलाई अपमान गर्न संगठित प्रयास भइरहेको आरोपसमेत लगाएका छन्।

पार्टीनिकट खेलकुद महासंघको केन्द्रीय कमिटी बैठकलाई ललितपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश विकासमा योगदान नै नभएका केही व्यक्तिले देशको लागि काम गरिरहेका व्यक्तिहरुलाई अपमान गर्न संगठित प्रयास गरिरहेको बताएका हुन्।

आफूले शून्य सहनशीलताको नीति अवलम्बन गर्दा कसैलाई जोगाउने र कसैलाई फसाउने नीति नलिने उनले व्यंग्य गरे। भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको आफ्नो नीति समय क्रमसँगै देखिने दावी पनि प्रधानमन्त्री ओलीले गरे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकार भ्रष्टाचार नियन्त्रणको लागि गठन भएको बताए। सरकारको प्राथमिकता भ्रष्टाचार नियन्त्रण गर्न खोजबिन गर्ने र कारबाही गर्ने रहेको उनले बताए।

समाजलाई अनुशासित र गतिशील बनाउन खेलकुद महासंघले यस प्रकारका गतिविधिलाई चनाखो भएर हेर्न आवश्यक रहेको उनले बताए।

प्रधानमन्त्री ओलीले सरकार कसैको विरुद्धमा नभएको बताए। कानूनविरुद्ध कसैले काम गरे सरकारले कदम चाल्ने चेतावनी दिए। लोकतन्त्र अनियन्त्रित नहुने भन्दै प्रधानमन्त्री ओलीले अनुशासित समाजको लागि कानून चाहिने बताए।

प्रधानमन्त्री ओलीले सरकारले खेल क्षेत्रलाई महत्वका साथ हेरेको पनि बताए। सरकारले खेल क्षेत्रलाई आवश्यक सहयोग सबै उपलब्ध गराउने उनले बताए।

एक अर्को प्रसंगमा कीर्तिपुरको रंगशालामा आवश्यक पूर्वाधार ३ सय दिनभित्र निर्माण सम्पन्न गर्ने प्रतिबद्धता रहेको स्पष्ट पारे।

उनले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण सुशासनका लागि बनेको भन्दै अनुहार हेरेर कसैलाई पक्ष/विपक्ष नलिने बताए।

 

प्रकाशित मिति: Aug 18, 2024

प्रतिक्रिया दिनुहोस्