Logo
५ आश्विन २०८१, शनिबार
(August 18, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कंगो लगायतका अफ्रिकी देशमा मंकी पक्स फैलन थालेपछि नेपालमा सतर्कता

 मध्य र पूर्वी अफ्रिकामा मंकी पक्स भाइरसका संक्रमितको संख्या बढ्न थालेपछि नेपालमा सतर्कता अपनाइएको छ। विशेषगरी नेपालबाट अफ्रिकी मुलुक कंगो, सुडान लगाएका देशमा संयुक्त राष्ट्रसंघ अन्तर्गतको शान्ति मिसनमा नेपाली सेना, प्रहरी लगायतक नेपाली सुरक्षाफौज जाने/आउने हुँदा संक्रमण चाँडै नेपालमा भित्रिने उच्च जोखिम भएको हुँदा सतर्कता अपनाउने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।

डा. बुढाथोकीले भने‚ ‘हाम्रोबाट धेरै नेपाली सेनाका सैनिकहरूका साथै अन्य सुरक्षा फौजह मिसनका लागि कंगो‚ सुडान लगायतका देशमा जानु हुन्छ। यसले गर्दा उहाँहरू फर्कदा संक्रमण फर्कने जोखिम हुन्छ। त्यसैले त्यहाँबाट फर्कने सेना लगायतका नेपालीलाई निगरानी गर्न हामीले मंकी पक्स रोकथामका लागि बनाइएका मापदण्ड पालना गर्न/गराउन हामीले नेपाली सेनाको समन्वयमा काम गरिरहेका छौँ’।

जस अनुसार हाल मंकी पक्स संक्रमण देखिएका देशबाट आएका नेपालीलाई अन्ताराष्ट्रिय विमान स्थलको हेल्थ डेक्सबाटै निगरानी गरिने, शंकास्पद विरामीको नमूना परीक्षण गरिने समेत डा .बुढाथोकीले बताए।

यस्तै अन्ताराष्ट्रिय विमानस्थलसँगै भारतसँग सीमा जोडिएका स्थल मार्गका नाकामा रहेका हेल्थ डेक्सलाई कडाइका साथ निगरानी गर्न निर्देश दिएको समेत डा. बुढाथोकीले बताए।

यस्तै मंकी पक्समा संकास्पद विरामीको नमूना परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका साथै देशभर यसअघि कोभिड १९को पिसिआर परीक्षण गरिरहेका अस्पतालहरुलाई तयारी अवस्थामा बस्न भनिएको समेत मन्त्रालयले जनाएको छ। ‘मंकी पक्सको शंकास्पद नमूनाको परीक्षण हाम्रोमा नै हुन्छ। विशेषगरी यसअघि कोभिड १९को पिसिआर परीक्षण गरिरहेका अस्पतालमा यसको परीक्षण हुन्छ। त्यसैले लक्षणको आधारमा शंकास्पद विरामीको परीक्षण गर्न तिनै स्वास्थ्य संस्थामा हुन्छ। हामीले सोही अनुसार काम गरिरहेका छौँ’‚ डा बुढाथोकीले भने।

यस्तै सबै संघीय, प्रदेश अस्पतालमा मंकी पक्स परीक्षण तथा उपचारका लागि  फोकल पर्सन तोकिने समेत मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले बताए।

पछिल्लो समय कोभिड-१९ को महामारीको पछि मंकी पक्सलाई विश्व स्वास्थ्य संगठनले स्वास्थ्य आपत्‌काल घोषणा गरेको छ।

यो वर्ष मात्रै अफ्रिकामा १४ हजारभन्दा बढी संक्रमितमध्ये ५०० जनाले ज्यान समेत गुमाइसकेका छन्।

नेपालमा गत वर्ष असारमा विदेशबाट नेपाल घुम्न आएकी एक ६० वर्षीया विदेशी महिलामा मंकी पक्सको संक्रमण देखिएको थियो। उक्त विदेशी महिला ज्वरो सहित मंकी पक्स जस्तै लक्षण देखिए पनि चिकित्सकको सम्पर्कमा पुगेकी थिइन्। लक्षण सबै मिल्दोजुल्दो देखिएपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा उनमा मंकी पक्स पुष्टि भएको थियो।

तर हालसम्म नेपाली नागरिकमा यो संक्रमण पुष्टि भएको छैन।

यसरी फैलन्छ मंकी पक्स?

मंकी पक्स कुनै संक्रमित व्यक्तिसँगको यौन सम्बन्ध, छालासँगको सम्पर्क र संक्रमित व्यक्तिसँग नजिकबाट कुराकानी गर्दा सर्ने चिकित्सकहरू बताउँछन्। फुटेको छालाको माध्यमबाट आँखा, श्वासप्रश्वास प्रणाली, नाक या मुखमा भाइरस प्रवेश गर्न सक्छ।

मंकी पक्स संक्रमित व्यक्तिले प्रयोग गरेको ओछ्यान, लुगा, तौलिया जस्ता सामान छुँदा पनि फैलन सक्छ। यो भाइरस संक्रमित बाँदर, मुसासहितका जनावरबाट पनि सर्न सक्ने बताइन्छ। सन् २०२२ मा मंकी पक्स भाइरस यौनसम्पर्कबाट धेरै फैलिएको पाइएको थियो। गणतन्त्र कंगोमा पनि योपटक धेरैजसो यौनसम्पर्कका कारण यो भाइरस फैलिएको पाइएको छ।

उपचार

संक्रमणमा रोक लगाएर मात्र मंकी पक्स फैलनबाट रोक्न सकिने डब्ल्यूएचओले जनाएको छ। यसको खोप भएकाले सबैभन्दा राम्रो उपाय खोप लगाउनु हो।। यद्यपि संक्रमणको जोखिममा रहेका र संक्रमितको नजिक रहेका व्यक्तिले मात्र खोप लगाउन पाउँछन्।​ डब्ल्यूएचओले आपत्‌कालीन प्रयोगका लागि यो खोप अगाडि ल्याउन र औपचारिक रूपमा अनुमति नभए पनि आवश्यकता देखिएको देशमा यो खोप लिएर जान औषधि निर्माता कम्पनीहरूलाई आह्वान गरेको थियो।

लक्षण

ज्वरो आउनु, सामान्य ज्वरो शुरु भएको एकदेखि तीन दिनभित्र छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखा पर्नु, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किनु, टाउको ढाड र मांसपेशी दुख्नु, शरीरका ग्रन्थि बढ्नु मंकी पक्सका लक्षण हुन्।

सामग्रीको प्रत्यक्ष), संक्रमित बाँदर, मुसा, लोखर्के लगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्दछ। यसले ज्वरो आउने, सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिन भित्रमा छाला, अनुहार, हत्केला, र पैतालामा डाबर देखा पर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थिहरू बढ्ने हुन्छ। आँखामा संक्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जाने र मृत्यु समेत हुन सक्छ। मङ्की पक्स विश्वभरी हाल १११ देशमा फैलिसकेको छ।

प्रकाशित मिति: Aug 18, 2024

प्रतिक्रिया दिनुहोस्