Logo
५ आश्विन २०८१, शनिबार
(August 16, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काभा भलिबल लिगमा सहभागी खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिइने

 सरकारले काभा वुमन्स नेशन्स भलिबल लिग-२०२४ मा सहभागी खेलाडीलाई जनही ३ लाख रुपैयाँका साथ सम्मान गर्ने भएको छ। साथै मुख्य प्रशिक्षकलाई २ लाख एवं व्यवस्थापक, सहायक प्रशिक्षक र फिजियोलाई जनही १ लाख २० हजार रुपैयाँ दिने भएको छ।

शुक्रवार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले उक्त जानकारी दिएका हुन्।
राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियम २८ बमोजिम उक्त पुरस्कार दिन थालेको जनाइएको छ।

साथै विश्व बैंक समूहको अन्ताराष्ट्रिय विकास संस्थाबाट १५ करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्नेसम्बन्धी वित्तीय सम्झौता र कार्यक्रम दस्तावेजलाई अन्तिम रूप दिन नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने पनि निर्णय गरिएको छ।

साथै उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको नेतृत्वमा उज्वेकिस्तान र परराष्ट्रमन्त्रीको नेतृत्वको भारत भ्रमणका लागि स्वीकृति प्रदान गरेको छ।

प्रकाशित मिति: Aug 16, 2024

प्रतिक्रिया दिनुहोस्