Logo
५ आश्विन २०८१, शनिबार
(August 16, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी, हिमताल फुटेको आशंका

काठमाडौं,३२ साउन । सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी आएको छ । भोटेकोशीको सहायक खोलामा शुक्रबार दिउँसो एक्कासी आएको बढीले खुम्बु पासाङल्हामू गाउँपालिका वडा-५ मा पर्ने थामे गाउँ नराम्ररी प्रभावित भएको छ ।

स्थानीयका अनुसार केही दिनदेखि वर्षा त भइसकेको थियो, तर यति ठूलो बाढी आउने अवस्था थिएन । त्यसैले माथिल्लो भेगमा रहेको हितताल फुटेको हुनसक्ने स्थानीयको आशंका छ ।

गाउँपालिकाकाले हिम पहिरो फुटेकोले बाढी आएको आशंका गरेको छ । बाढीले थामे गाउँमा ठूलो क्षति भएको भन्दै दुधकोशी तटीय क्षेत्रकालाई सतर्कता अपनाउन आग्रह गरिएको छ । हिमपोखरी फुटेर भएको क्षतिबारे अहिलेसम्म एकिन विवरण नआएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Aug 16, 2024

प्रतिक्रिया दिनुहोस्