Logo
५ आश्विन २०८१, शनिबार
(August 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि अवस्था तनावपूर्ण (तस्बिरहरु)

 भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटर चालकलाई ठक्कर दिएपछि अहिले त्यहाँको अवस्था तनावपूर्ण भएको छ।

आज दिउँसो सवा २ बजेतिर कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको ट्रकले स्कुटरलाई ठक्कर दिएपछि स्थिति तनावपूर्ण भएको भक्तपुर प्रहरीले जनाएको छ।

सो क्रममा स्कुटर चालक च्यापिएका बताइएको छ। दुर्घटनापछि अहिले सडक अवरुद्ध पारिएको छ भने प्रदर्शन तथा नाराबाजी भइरहेको छ। केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको प्रारम्भिक जानकारी आएको बताए।

आक्रोसित भीडले ठक्कर दिने ट्रकमा तोडफोड गरेका छन्। अहिले सो क्षेत्रमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रकाशित मिति: Aug 15, 2024

प्रतिक्रिया दिनुहोस्