Logo
६ आश्विन २०८१, आईतबार
(August 13, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजदूतमा सिफारिस १८ जनाविरुद्ध उजुरी आह्वान गर्दै संसदीय समिति

सरकारले सिफारिस गरेका १८ देशका राजदूतको आजदेखि सुनवाई प्रक्रिया सुरु हुने भएको छ।

आज मध्यान्ह सवा १२ बजे बस्ने बैठकले १० दिनको म्याद राखेर उजुरी आह्वान गर्ने र त्यसपछि सिफारिस भएका राजदूतलाई सुनुवाइका लागि बोलाउने संसदीय सुनुवाइ समितिका सभापति (ज्येष्ठ सदस्य) पशुपति शमशेर जबराले जानकारी दिएका छन्।

सरकारले  गत साउन १४ गते १८ देशका लागि राजदूत सिफारिस गरेको थियो। ओली सरकारले भारतका लागि नेपाली राजदूत डा शंकरप्रसाद शर्मालाई नै निरन्तरता दिएको छ। उनको पनि सुनुवाइ हुने सभापति जबराले बताए।

प्रचण्ड नेतृत्वको सरकारले उनलाई फिर्ता बोलाएकोले फेरि सुनुवाइ गर्नुपर्ने सभापति जबराको भनाइ छ। सिफारिस भएका राजदूतलाई सुनुवाई सिमितिले नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

प्रकाशित मिति: Aug 13, 2024

प्रतिक्रिया दिनुहोस्