Logo
६ आश्विन २०८१, आईतबार
(August 12, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पशुपति दर्शनका लागि पुगे भारतीय विदेश सचिव

काठमाडौँ । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । साउने सोमबारको अवसर पारेर सचिव मिस्री पशुपति पुगेका हुन् ।

bikram mishri (3)उनलाई पशुपति विकास कोषका पदाधिकारीहरूले स्वागत गरेका थिए । त्यस्तै, उनलाई पशुपतिको क्षेत्रको सांस्कृतिक सम्पदाबारे पुस्तक पनि उपहार दिइएको थियो ।bikram mishri (4)

सचिव मिस्री आइतबार बिहान नेपाल आइपुगेका हुन् । उनले हिजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतसँग भेटवार्ता गरेका थिए ।

आज परराष्ट्र मन्त्री आरजु राणा देउवासँग भेटघाट गर्ने उनको कार्यसूची रहेको छ । उनी आजै स्वदेश फर्कनेछन् ।

bikram mishri (1)

प्रकाशित मिति: Aug 12, 2024

प्रतिक्रिया दिनुहोस्