Logo
६ आश्विन २०८१, आईतबार
(August 12, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिरो खस्दा बैतडीमा दुई घर भत्कियो

बैतडी : वर्षासँगै पहिरो खस्दा डिलासैनी गाउँपालिकामा दुई घर भत्किएका छन्।

डिलासैनी ​-३ दौंखोलामा स्थानीय अम्मर बोहराका दुई घर भत्किएका हुन्। मुनिबाट पहिरो खसेपछि घर भत्किएका हुन्।

चार कोठे स्लेटले छाएको कच्ची घर र २ कोठे पक्की घर भत्किएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।

घर भत्किँदा घरभित्र रहेका सबै अन्नपात र अन्य सामग्री नष्ट भएका छन् । पहिरोले घर भत्किएपछि १५ लाख बढीको क्षति भएको अनुमान गरिएको छ ।

पहिरोका कारण स्थानीय नरेश बोहरा र बहादुर बोहराको घर पनि उच्च जोखिममा रहेका जनाइएको छ। ​पहिराकै कारण स्थानीय ५ जनाको मकैबालीमा समेत क्षति पुगेकेो छ।

घटनासँगै राहत तथा पुन:स्थापनाका काममा कुनै कसर बाँकी नराख्ने डिलासैनी गाउँपालिका अध्यक्ष सन्तोष जोशीले बताए।

प्रकाशित मिति: Aug 12, 2024

प्रतिक्रिया दिनुहोस्