Logo
६ आश्विन २०८१, आईतबार
(August 11, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय विदेशसचिव विक्रम मिश्री आज नेपाल आउँदै

काठमाडौं, साउन २६ । भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्री आज नेपाल भ्रमणमा आउँदै छन्। मिस्री परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।

विदेशसचिव मिस्रीको नेपाल भ्रमणका क्रममा दुई देशका विदेश सचिवबीच पारस्परिक हितका विषयलाई अगाडि बढाउने तथा सम्बन्ध थप सुदृढीकरण गर्नेलगायत विभिन्न विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा विदेशसचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणासँग भेटवार्ता गर्ने तालिका छ।

उनी गत असार १४ गते भारतको विदेश सचिवमा नियुक्त भएका थिए। राष्ट्रिय सुरक्षा सल्लाहकारका उपप्रमुखसमेत रहेका मिश्रीलाई विदेश सचिवको जिम्मेवारी दिइएको हो।

प्रकाशित मिति: Aug 11, 2024

प्रतिक्रिया दिनुहोस्