Logo
६ आश्विन २०८१, आईतबार
(August 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुलमानको दाबी : ३ वर्षअघि ८९ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशतमा पुग्यो

 नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ३ वर्षअघि करिब ८९ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशतमा पुगेको दाबी गरेका छन्। आज(शुक्रबार) पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएका हुन्।

उनले भने, ‘३ वर्षअघि करिब ८९ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशतमा पुगेको छ।’ उनले ८ वर्षअघि २९ लाख ७० हजार रहेको विद्युतको ग्राहक संख्या हाल सामुदायिकसहित ५९ लाख ३५ हजारमा पुगेको पनि जानकारी दिए।

उनले भने, ‘विकट बस्ती पहिचान गरी विद्युतीकरण भइरहेको छ, सुकुम्बासी, चेपाङ बस्ती लगायत विपन्न घरमा निःशुल्क विद्युत्‌का लागि मिटर वितरण भएको छ।’

प्रकाशित मिति: Aug 9, 2024

प्रतिक्रिया दिनुहोस्