Logo
६ आश्विन २०८१, आईतबार
(August 8, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थित तनावग्रस्त हुने देखिएपछि धरानमा हर्क साम्पाङले बोलाए दलहरुलाई वार्तामा

काठमाडाैँ । खानेपानीको महसुल विवादमा स्थित तनावग्रस्त हुने भएपछि धरानमा मेयर हर्क साम्पाङले दलहरुलाई वार्तामा बोलाएका छन् । खानेपानीको महसुल घटाउँछु भन्दै मेयरमा जितेका धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले उल्टै महसुल बढाएपछि आक्रोसित भएका स्थानीय र विभिन्न राजनीतिक दलको आन्दोलन थप उग्र भएपछि उनले वार्तामा बोलाएका हुन् ।

महसुल बढाएको विषयमा स्थानीयले बिहिबार उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका थिए।बिहानैदेखि आन्दोलनमा उत्रिएका उनीहरुले हर्क साम्पाङविरुद्ध नाराबाजी गर्दै कार्यालय प्रवेश गरेर तोडफोडको प्रयास गरेका थिए तर उनीहरुलाई प्रहरीले रोकेको थियो । सो क्रममा प्रहरी र स्थानीयबिच धकेलाधकेलको स्थित सिर्जना भएको थियो ।

अवस्था तनावग्रस्त बनेपछि यसअघिसम्म स्थानीय र विभिन्न राजनीतिक दलका नेतालाई सामाजिक सञ्जालबाट विभिन्न आरोप लगाउँदै आएका साम्पाङले अहिले भने वार्ताका लागि राजनीतिक दलहरुलाई बोलाएका छन् ।

घरानमा यसअघि भएको खानेपानी शूल्कमा अचाकली मूल्य बढाइएपछि पछिल्लो समय विभिन्न राजनीतिक दलका साथै स्थानीयहरु आन्दोलनमा छन् । खानेपानीको समस्या समाधान गर्न नसकेको र उल्टै शुल्क र महसुल बढाएको भन्दै उनीहरूले मेयर हर्क साम्पाङको राजीनामा माग गरेका हुन् । खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष तथा धरान उप महानगरपालिकाका मेयर हर्क साम्पाङले सरोकारवालासँग समन्वय नगरी आफूखुसी शुल्क बढाएको विरोधमा धरानमा १० राजनीतिक दलको अगुवाइमा एक सातादेखि आन्दोलन भइरहेको छ ।

सोही क्रममा बिहिबार प्रदर्शनकारी उपमहानगरपालिकाको कार्यालय घेराउ गर्न पुगेका छन् । खानेपानी व्यवस्थापन बोर्ड र धरान उपमहानगरपालिकाले खानेपानीको महसुलमा ४ गुणासम्म वृद्धि गरेका छन् । सोही मूल्यवृद्धिको विरोधका धरानमा आन्दोलन चर्किएको छ ।

साउन १ गतेबाट लागु हुने गरी शुल्क र महसुलमा वृद्धि गरिएपछि राजनीतिक दल तथा नागरिक समाजले पुरानै शुल्क र महसुल कायम गर्न माग राख्दै चरणवद्ध आन्दोलन गरेका छन ।

प्रकाशित मिति: Aug 8, 2024

प्रतिक्रिया दिनुहोस्