Logo
६ आश्विन २०८१, आईतबार
(August 8, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कानुन समितिबाट टीआरसी विधेयक सर्वसम्मत पास

काठमाडौँ । बिहीबार बसेको प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) सर्वसम्मत पास गरेको छ ।

बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पास गरेको हो ।

प्रस्तावमाथि छलफपछि सभापति विमला सुवेदीले विधेयक सर्वसम्मत पास भएको घोषणा गरिन् ।  उनले प्रतिनिधिसभाको अब बस्ने बैठकमा प्रतिवेदन पेस गर्ने वातावरण बनाउन सभामुखलाई पत्र लेखेर आग्रह गरिने पनि बताइन् । २९ गतेको प्रतिनिधिसभा बैठकमा पेस गर्न आग्रह गरेर पत्र लेखिने उनले बताइन् ।

प्रकाशित मिति: Aug 8, 2024

प्रतिक्रिया दिनुहोस्