Logo
६ आश्विन २०८१, आईतबार
(August 7, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना : घटनास्थलबाट ४ पुरुष १ महिलाको शव निकालियो

काठमाडाैँ । नुवाकोटको सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। घटनास्थलमा उद्धारका लागि खटिएका इलाका प्रहरी कार्यालय सूर्यचाैर शिवपुरीका एक प्रहरी जुनियर अधिकृतका अनुसार  ४ पुरुष र १ महिलाको शव घटनास्थलबाट निकालिएकाे छ।

उक्त हेलिकप्टर १ः५४ मा काठमाडौंबाट उडेको थियो । सो हेलिकप्टरको शिवपुरीको डाँडाबाट सम्पर्क टुटेको थियो। दुर्घटना भएकोबारे शिवपुरी ७ का वडा सचिव नारायण पाण्डेले पनि पुष्टि गरे । उनका अनुसार बाक्लो कुहिरोले ढाकेको डाँडामा हेलिकप्टर खसेको थियाे ।

प्रकाशित मिति: Aug 7, 2024

प्रतिक्रिया दिनुहोस्