Logo
६ आश्विन २०८१, आईतबार
(August 7, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चार एआइजीको सरुवाः सिआइबीमा थापा,ज्ञवाली हेडक्वार्टर तानिए

काठमाडौँ । सरकारले ४ जान प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को सरुवा गरेको छ । मंगलबार बसको मन्त्रिपरिषद् बैठकले केन्द्रिय अनुसन्धान ब्युरो(सिआइबी)मा रहेका एआइजी श्यामलाल ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा सरूवा गरेको छ। उनीले पदको दुरुपयोग गरेको भन्दै अहिले प्रहरी प्रधान कार्यालयले छानबिन थालेको छ ।

यस्तै प्रहरी कार्यालय रानीपोखरीका प्रमुख रहेको एआइजी दिपक थापालाई सिआइबीमा सरुवा गरेको छ ।

त्यस्तै, सुन तस्करी प्रकरण कमजोरी गरेको भन्दै प्रहरी प्रधान कार्यालय तानिएकी एआइजी किरण ज्राचार्यलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पठाइएको छ ।

उनको ठाउँमा एआइजी रामदत्त जोशीको सरुवा भएको छ ।

प्रकाशित मिति: Aug 7, 2024

प्रतिक्रिया दिनुहोस्