Logo
६ आश्विन २०८१, आईतबार
(August 7, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सके नेपाल विश्वका लागि नेपाल अनुकरणीय : देउवा

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनसके विश्वका लागि नै नेपाल अनुकरणीय बन्ने बताएका छन्।

बुधबार सिंहदरबारमा टिआसी विधेयक सहमतिको प्रतिवेदन बुझ्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले कार्यदलले मेहनतसँग छलफल गरी प्रतिवेदन तयार पारेकाले अब शान्ति प्रक्रियाका बाँकी टुंग्याएर विश्वलाई नै सन्देश दिनुपर्ने बताए।

उनले शान्ति प्रक्रियाका बाँकी काम पूर्ण रुपमा सम्पन्न भए नेपालबाट राम्रो सन्देश जाने र नेपालको शान्ति प्रक्रियाको अनुकरण गर्ने बताए।

उनले भने, ‘साथीहरुले धेरै महेनत गरेर नेपाललाई एउटा युनिक किसिमको आफैँले नै नेपालको शान्ति प्रक्रिया टुंग्याउनका लागि यो मेहनत गर्नुभयो। सबै धन्यवादका पात्र हुनुहुन्छ। नेपालले यसलाई राम्रोसँग कार्यान्वयन गरेको र टुंग्याएको खण्डमा संसरमा नै यो अनुकरणीय हुनेछ। र यसले नेपालको अझ पूर्ण रुपमा सम्पन्न भए नेपाललाई अनुकरणीय रुपमा लिनेछन्।’

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहजीकरणका लागि गठित राजनीतिक दलको कार्यदलले तयार पारेको सहमतिसहितको प्रतिवेदन आज शीर्ष नेतालाई बुझाइएको हो।

प्रकाशित मिति: Aug 7, 2024

प्रतिक्रिया दिनुहोस्