Logo
६ आश्विन २०८१, आईतबार
(August 6, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘नमेटिने घाउ’को फस्टलुक सार्वजनिक, यस्तो देखिए प्रधानमन्त्री

काठमाडौँ । ‘नमेटिने घाउ’ आगामी भदौ ७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । फिल्म अहिले पोस्ट प्रोडक्सनमा छ ।

अभिनेता रमित ढुङ्गानाको निर्माण निर्देशन रहेको फिल्मले केही दिन अगाडि फस्टलुक्स पोस्टर सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली प्रहरी उपरीक्षकद्वय बाल नरसिंह राणा र कुमुद ढुङ्गेल, प्रहरी निरीक्षक जेआर शर्मालगायत कलाकार फष्टलुक्समा अटाएका छन् । तर फिल्ममा अभिनय रहेको पूर्व प्रधानमन्त्री माधव नेपाल भने अटाएको छैनन् । फिल्मको फष्टलुक्समा आखिर किन अटाएनन् माधव नेपाल ?

फिल्मको अब सार्वजनिक हुने दोस्रो पोष्टरमा माधव नेपाल समेटिने निर्देशक रमित ढुंगानाले बताए । ‘मेरो र फिल्मका लागि प्रधानमन्त्री केपी शर्मा ओली जस्तै महत्त्वपूर्ण माधव नेपाल पनि हो’, रमितले भने ‘उहाँको पनि ओलीको जस्तै पोस्टर आउछ ।’ माधव नेपाल अटाएको पोस्टर केही दिनमै सार्वजनिक हुने निर्देशक रमितले जानकारी दिए ।

फिल्ममा सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको समेत अभिनय रहेको छ । नेपालपछि सांसदद्वय पौडेल र शाहीको समेत पोस्टर सार्वजनिक हुने रमितको भनाइ छ ।

सत्य घटनामा आधारित फिल्म ‘नमेटिने घाउ’मा प्रधानमन्त्री ओली, पूर्व प्रधानमन्त्री नेपालको अलवा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईँ, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय रहेको छ । एसिड सर्भाइभरहरुको वास्तविक जीवनीमा आधारित फिल्ममा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटिएको छ ।

रमित ढुङ्गाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको फिल्ममा नीरज कँडेलको छायाङ्कन, बनिश शाहको सम्पादन, ओम सुनारको सङ्गीत र किरण ढकालको एक्सन छ ।

प्रकाशित मिति: Aug 6, 2024

प्रतिक्रिया दिनुहोस्