Logo
६ आश्विन २०८१, आईतबार
(August 6, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेयर बजार १४५ अंकले घट्यो, झण्डै २४ अर्बको कारोबार

 केही दिनयता लगातारजसो बढ्दै आएको सेयर बजारमा मंगलबार भारी गिरावट देखिएको छ।

सोमबार ४० अंक बढेर २८ सय बिन्दु नजिक पुगेको सेयर बजार परिसूचक नेप्से मंगलबार १४५ अंकले ओरालो लागेको हो।

१४५.०५ अंकले घटेको नेप्से परिसूचक २६५१.३२ विन्दुमा आएर रोकिएको छ।

शेयर कारोबार भने झण्डै २४ अर्ब नजिक पुगेको छ। मंगलबार ५ करोड ३८ लाख ४४ हजार २ सय ३७ कित्ता शेयर किनबेच हुँदा २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८ सय ७४ रुपैयाँको कारोबार भएको छ। यो अहिलेसम्मकै सर्वाधिक हो।

मंगलबार कारोबार आएका २४२ मध्ये ८ वटा कम्पनीको मात्र सेयर मूल्य बढेको छ।

थ्रीस्टार हाइड्रोपावर लिमिटेड र कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यसैगरी आरम्भ चौतारी लघुवित्त, हिमालयन रिइन्सुरेन्स, मैलुङखोला जलविद्युत कम्पनी, माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेड र सगरमाथा जलविद्युत लिमटेडको सेयर मूल्य बढेको छ।

२ सय ३३ कम्पनीको सेयर मूल्य घट्दा नेपाल रिइन्सुरेन्स कम्पनीको सेयर मूल्य यथावत रहेको छ।

 

प्रकाशित मिति: Aug 6, 2024

प्रतिक्रिया दिनुहोस्