Logo
५ आश्विन २०८१, शनिबार
(August 6, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रवि लामिछाने सहित २६ जनासँग सोधपुछ गर्दै सहकारी छानबिन समिति

काठमाडौँ । सहकारी ठगीसम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित २६ जनासँग बयान लिने भएको छ ।

मङ्गलबार समितिको कार्य प्रगति सुनाउँदै समिति सभापति सूर्य थापाले २६ जनासँग सोधपुछ गर्ने निर्णय भएको बताए ।

‘सोधपुछका क्रममा सोध्ने प्रश्न तयार पारिएको छ’, उनले भने ।

सूचीमा रहेका २६ जनामध्ये केही विदेश छन् भने केही जेलमा छन् । थापाले उनीहरू सबैको नाम  सार्वजनिक गर्न चाहेनन् ।

तथ्यमा केन्द्रित रहेर सोधपुछ गरिने भन्दै थापाले तर मुख्य मानिस बाहिर हुँदा सत्य तथ्य पहिचानमा केही चुनौती हुने बताए ।

सहकारी ठगी प्रकरणमा तत्कालीन गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरेपछि उक्त समिति गठन भएको थियो ।

प्रकाशित मिति: Aug 6, 2024

प्रतिक्रिया दिनुहोस्