Logo
६ आश्विन २०८१, आईतबार
(August 6, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचनसम्बन्धी ऐन संशोधनको प्रस्ताव अघि बढाऔँ : गृहमन्त्री लेखक

 गृहमन्त्री रमेश लेखकले निर्वाचनसम्बन्धी ऐन संशोधन प्रस्ताव अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

मंगलबार निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्तसहितका पदाधिकारीसँगको छलफलमा गृहमन्त्री लेखकले निर्वाचनसम्बन्धी ऐन संशोधनको प्रस्ताव चाँडै संसदमा लैजानुपर्ने बताए।

‘निर्वाचन कानुनलाई एकीकृत गर्ने कुरा छ। निर्वाचन आयोग ऐनका केही दफा र सात वटा ऐनलाई एकीकृत गरिराखेका छौँ। यसबाट ८ वटा ऐन यसबाट प्रभावित भइराखेका छन्। अब यसलाई अगाडि बढाऔँ,’ उनले भने, ‘यसलाई चाँडोभन्दा चाँडो संसदमा लैजाऔँ।’

निर्वाचनसम्बन्धी ऐन संशोधनको प्रस्ताव संसदमा आफूले बोक्ने गृहमन्त्री लेखकले प्रतिबद्धता व्यक्त गरे। आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने गरी प्रस्ताव तयार पार्न गृहमन्त्री लेखकको आग्रह गरे।

नेपाली कांग्रेस र एमालेबिच राजनीतिक समीकरण निर्माण गर्दा संविधान संशोधन गर्ने सहमति भएको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्यलाई थप सुढृढ गर्नेगरी अगाडि बढ्ने उनको भनाइ थियो।

यस्तै स्थानीय तहको उपनिर्वाचन आगामी मंसिरमा गर्नुपर्ने पनि उनले बताए। हाल नगरप्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष २, वडाध्यक्षका २८ पद रिक्त छ।

प्रकाशित मिति: Aug 6, 2024

प्रतिक्रिया दिनुहोस्