Logo
६ आश्विन २०८१, आईतबार
(August 6, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुल्मीमा २ घर पहिरोमा पुरिदा ४ जनाको मृत्यु

गुल्मी । पहिरोले गुल्मीको मुसिकोट नगरपालिका १ बिसौनामा २ वटा घर पुर्दा ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार घरमाथिबाट लेदोसहितको पहिरोले विष्णु विकको घर र हुकुम विकको घर पुरिएको थियो । पहिरोमा पुरिएर ४८ वर्षका गोरे बिक, ६७ वर्षका हुमुक बिक, साढे दुई वर्षका रियन्सा बिक र ६६ वर्षकी मसुरी विकको मृत्यु भएको छ । पहिरोमा पुरिएर २ जना बेपत्ता भएका छन् ।

यस्तै पहिरोमा पुरिएर २३ वर्षकी मुना विक र ३२ वर्षकी विष्णु विकको भने उद्धार भएको छ ।

प्रकाशित मिति: Aug 6, 2024

प्रतिक्रिया दिनुहोस्