Logo
६ आश्विन २०८१, आईतबार
(August 5, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई सुरक्षित रहन दूतावासको आग्रह

काठमाडौँ । बंगलादेशस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । बंगलादेशमा कोटा विरोधी आन्दोलन पुनः चर्किएर हिंसात्मक बन्न थालेपछि दूतावासले एक सूचना जारी गरेर नेपालीहरूलाई सुरक्षित रहन अनुरोध गरेको हो ।

दूतावासका अनुसार त्यहाँ करिब ४०० नेपाली छन् । त्यहाँ अध्ययनरत अधिकांश नेपाली विद्यार्थी नेपाल फर्किइसकेका छन् । बाँकी रहेकाहरूसँग दूतावासले निरन्तर सम्पर्क गरिरहेको जनाएको छ । नेपाल फर्किन चाहनेलाई दूतावाससँग समव्य गरेर सुरक्षा प्रबन्ध सुनिश्चित भएपछि मात्रै यात्रा गर्न समेत दूतावासले अनुरोध गरेको छ ।

सरकारले सन् १०७१ मा बंगलादेशको स्वतन्त्रताका लागि लडेका स्वतन्त्रता सेनानी आफन्तहरूलाई निजामती सेवामा आरक्षण सुविधा दिएको थियो । त्यसको विरोधमा गत महिनादेखि विद्यार्थीहरूले सडकमा प्रर्दशन गर्दै आएका छन् ।

अदालतको आदेशपछि सरकारले अधिकांश कोटा फिर्ता लिने निर्णय गरेको थियो । तर, विद्यार्थीहरूले निरन्तर आन्दोलन गर्दै आएका छन् । सोही क्रममा आइतबार कम्तिमा ९० जनाको मृत्यु भएको थियो । आन्दोलन चर्किदै गएपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । भने उनले देश छाडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

suchana

प्रकाशित मिति: Aug 5, 2024

प्रतिक्रिया दिनुहोस्