Logo
६ आश्विन २०८१, आईतबार
(August 4, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ललितपुरको जाउलाखेलमा मच्छिन्द्रनाथको भोटो देखाइयो

२० साउन, काठमाडौं । ललितपुरको जाउलाखेलमा रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन भोटोजात्रा मनाइएको छ । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन भोटो देखाउने चलन छ ।

राष्ट्रपति रामचन्द्र पौडेललगायत  विशिष्ट व्यक्तिहरू जात्रा अवलोकलनका लागि जावलाखेल पुगेका छन् । भोटो देखाएसँगै उपत्यकाको सबैभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको रथयात्रा समापन भएको छ ।

जनश्रुतिअनुसार रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु भइसकेपछि नागराज कर्कोटकी रानीको आँखा दुख्छ । उनको आँखा एकजना सामान्य किसानले निको बनाएपछि नागराज खुसी भएर बहुमूल्य मणिजडित भोटो किसानलाई उपहार दिन्छन् ।

तर, एकदिन खेतमा काम गरिरहेका बेला भोटो हराउँछ । खोज्दै जाँदा रातो मच्छिन्द्रनाथको रथयात्राका क्रममा ती किसानले आफ्नो हराएको भोटो देखे पनि अर्कै व्यक्तिले पनि दाबी गर्छन् । त्यसपछि विवाद हुन्छ । त्यही भोटोको विवाद समाधान गर्न सार्वजनिक रुपमा प्रमाणसहित भोटो दाबी पेश गर्न भोटो देखाउने चलन सुरु भएको जनविश्वास छ ।

वास्तविक हकदारले दाबी गर्न नआएसम्म भोटो मच्छिन्द्रनाथकै रहने कथन छ ।

प्रकाशित मिति: Aug 4, 2024

प्रतिक्रिया दिनुहोस्