Logo
६ आश्विन २०८१, आईतबार
(August 4, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्यमा कार्की र गुरुङ नियुक्त

काठमाडौं, २० साउन । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा महेन्द्र बहादुर गुरुङ र देवेन्द्र कार्की नियुक्त भएका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले गुरुङ र कार्कीलाई सञ्चालक समितिको सदस्यमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक समितिका सदस्यद्वय गुरुङ पञ्चेश्वर विकास प्राधिकरणको पूर्वप्रमुख कार्यकारी हुन् भने कार्की पूर्व ऊर्जासचिव हुन् ।

आज नै प्राधिकरणका सञ्चालकहरु भक्तबहादुर पुन र कपिल आचार्य पदमुक्त भएका थिए । वक्यौता नउठाई ६ उद्योगको लाइन पुनः जोड्न नहुने भन्दै उनीहरुको सञ्चालक समितिको बैठकमा नोट अफ डिसेन्ट लेखका थिए । सोही आधारमा उनीहरुलाई मन्त्रालयले यसअघि स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणमा उनीहरुको जवाफ चित्त नबुझेसँगै मन्त्रालयले पदमुक्त गरेको थियो ।

प्रकाशित मिति: Aug 4, 2024

प्रतिक्रिया दिनुहोस्