Logo
६ आश्विन २०८१, आईतबार
(August 4, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाँच घन्टापछि खुल्यो तुलसीपुर-घोराही सडक

टिपरको ठक्करबाट मृत्यु भएपछि स्थानीयले अवरूद्ध गरेको तुलसीपुर-घोराही सडक पाँच घन्टापछि खुलेको छ।

शुक्रबार बेलुका घोराहीको अम्राईनजिक सडकमा टिपरको ठक्करबाट मोटरसाइकल चालक घोराही-१५ का ३९ वर्षीय गम्भीर घाइते भएका थिए। उपचारको क्रममा शनिबार बिहान उनको मृत्यु भएपछि स्थानीयले सडक अवरूद्ध गरेका थिए।

टिपर चालकलाई कडा कारबाही र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयले बिहान ६ बजेदेखि सडक अवरूद्ध गरेका थिए।

बिहान ११ बजे  मृतकका आफन्त र टिपर व्यवसायी समितिबीच छलफलपछि अवरूद्ध सडक खुलाउने सहमति भएको हो।

क्षतिपूर्तिबारे कुरा समिति र मृतकका परिवारबीच कुरा मिलेपछि पाँच घन्टादेखि अवरूद्ध सडकमा सवारी आवागमन सुरू भएको दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए।

शुक्रबार बेलुका सवा ८ बजेतिर बस्नेत सवार बा ५८ प ५६०५ नम्बरको मोटरसाइकललाई लु २ ख ५०८५ नम्बरको टिप्परले घोराही – १० अम्राई नजिकै ठक्कर दिएको थियो।

बस्नेतको उपचारका क्रममा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । टिपर चालक प्रहरीको नियन्त्रणमा रहेको एसपी केसीले जानकारी दिए।

प्रकाशित मिति: Aug 4, 2024

प्रतिक्रिया दिनुहोस्