Logo
६ आश्विन २०८१, आईतबार
(August 4, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागमती नदी किनारमा एक पुरुषको शव फेला

२० साउन, काठमाडौं । बागमती नदी किनारमा एक पुरुषको शव भेटिएको छ ।

ललितपुर महानगरपालिका–३१ को वडा कार्यालय नजिक बागमती नदी किनारमा शव भेटिएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीका अनुसार अन्दाजी ४०/४२ वर्षको पुरुषको शव घोप्टो अवस्थामा नदी किनारमा भेटिएको हो ।

आइतबार बिहान करिब ८ बजेतिर उक्त शव भेटिएको थियो । शवको सनाखत हुन सकेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति: Aug 4, 2024

प्रतिक्रिया दिनुहोस्