Logo
६ आश्विन २०८१, आईतबार
(August 1, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कतारी राजाको नेपाल भ्रमणमा सरकारको साढे २ करोड खर्च

१७ साउन, काठमाडौं । कतारी राजा शेख तमिम बिन हमादको नेपाल भ्रमणमा सरकारको साढे दुई करोड खर्च भएको पाइएको छ ।

राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका नामबाट भएको छुट्टाछुट्टै खर्च जोड्दा सो बराबर खर्च भएको देखिएको हो ।

अर्थ मन्त्रायका अनुसार कतारी राजाको नेपाल भ्रमणमा राष्ट्रपति कार्यालयका नाममा १ करोड २९ लाख ५० हजार रुपैयाँ खर्च भएको छ ।

राष्ट्रपति कार्यालयलाई सो रकम बराबरको थप बजेट रकमान्तर भएको देखिएको छ ।

परराष्ट्र मन्त्रालयले कतारी राजाको भ्रमणमा भएको खर्चका नाममा १ करोड १७ लाख ५१ हजार रुपैयाँ थप रकम रकमान्तर भएको छ ।

यसरी दुई निकायका नामा २ करोड ४७ लाख १ हजार रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । ११ वैशाख २०८१ मा कतारका राजा दुई दिने भ्रमणको सिलसिलामा नेपाल आएका थिए ।

प्रकाशित मिति: Aug 1, 2024

प्रतिक्रिया दिनुहोस्