Logo
६ आश्विन २०८१, आईतबार
(August 1, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नवनियुक्त प्रदेश प्रमुखहरूको शपथ ग्रहण आज

नवनियुक्त तीन प्रदेश प्रमुखहरूले आज शपथ लिँदैछन्।

राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार साँझ ५ बजे प्रदेश प्रमुखहरूको शपथ ग्रहण कार्यक्रम तय भएको प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

सत्ता समीकरण फेरबदल भएपछि सरकारले बागमती, कर्णाली र लुम्बिनीका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरी नयाँ प्रदेश प्रमुख नियुक्तको सिफारिस गरेको थियो।

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियार बुधबार पदमुक्त भएका हुन्।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार नै बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गरेका थिए।

नवनियुक्त प्रदेशप्रमुखहरूलाई बिहीबार साँझ राष्ट्रपति पौडेलले शपथ ग्रहण गराउने राष्ट्रपति कार्यालयकी प्रवक्ता भट्टराईले जानकारी दिइन्।

प्रकाशित मिति: Aug 1, 2024

प्रतिक्रिया दिनुहोस्