Logo
६ आश्विन २०८१, आईतबार
(July 31, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आईजीपी बसन्त कुँवरले भने– एआईजी ज्ञवालीमाथि छानबिन गर्दैछौँ

काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्त कुँवरले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख श्याम ज्ञवालीमाथि छानबिन थालिएको बताएका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै कुँवरले तालुक तहका कार्यालयबाट आएका निवेदनका आधारमा छानबिन भइरहेको बताए ।

ज्ञवालीमाथिको अर्का एआईजी टेकप्रसाद राईको नेतृत्वमा छानबिन अघि बढाएको छ । ज्ञवालीमाथि यसअघिका गृहमन्त्री रवि लामिछानेलाई सहज हुने गरी काम गरेको आरोप लगाइएको छ ।

आइजीपी कुँवरले आन्तरिक रूपमा छानबिन भइरहेकोले सबै कुरा बताउन नमिल्ने बताएका छन् ।

प्रकाशित मिति: Jul 31, 2024

प्रतिक्रिया दिनुहोस्