Logo
६ आश्विन २०८१, आईतबार
(July 30, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्री र सचिवहरुसँग ब्रिफिङ लिँदै प्रधानमन्त्री ओली (तस्विरहरु)

काठमाडौं,१५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री सचिवहरुसँग छलफल गरिरहेका छन् । गत आइतबार पनि ओलीले लामो समयसम्म सचिवहरुसँग छलफल गरेका थिए ।

छलफलमा सचिवहरूले आ – आफ्नो मन्त्रालयको कार्यप्रगति, वस्तुस्थिति, सुधारको मार्गचित्र, भावी कार्ययोजना, कार्यक्रम कार्यान्वयनका चुनौती र समाधानबारे प्रस्तुति दिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारले हिजोमात्र २१ जना सचिवको सरुवा गरेको थियो । सोही बमोजिम ओलीले नयाँ जिम्मेवारी पाएका सचिवहरुलाई सेवा प्रवाह र विकासका कामलाई अघि बढाउने विषयलाई व्यवहारमा लागू गर्ने बारेमा छलफल गर्न लागेका हुन् ।

सचिवहरुसँगको बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिवपनि सहभागी छन् । चालू आर्थिक वर्षको काम चुस्त र द्रुत गतिमा अघि बढाउने सरकारको योजना छ ।

प्रकाशित मिति: Jul 30, 2024

प्रतिक्रिया दिनुहोस्