गिनिज वर्ल्ड रेकर्डमा दीपेनको संसारकै होचो कलाकारमा दाबी
गिनिज वल्र्ड रेकर्डमा संसारकै होचो कलाकारका रूपमा नेपाली कलाकार दीपेन शाहले दाबी गरेका छन् । केही समयअघि निर्माण भएको होचापुड्का कलाकारहरू अभिनीत चलचित्र सारथिमार्फत अभिनय यात्रामा लागेका दीपेन हास्य टेलिचलचित्र छेउ न टुप्पो तथा झ्याइँकुटी झ्याइँमार्फत दर्शकको मनमा बसेका थिए ।
यी टेलिचलचित्रमा समाज सुधारकको भूमिकामा देखिएपछि उनलाई उद्योगमा ‘दीपेन सर’ का नामले चिनिन्छ । ‘सारथिमा होचा कलाकारको खोजी भइरहेको छ भन्ने सुनेर खोज्दै पुगेको थिएँ, निर्देशकले पनि मन पराउनुभयो अनि कलाकार बनेँ’, आफ्नो अनुभव सुनाउँदै दीपेनले भने ।
२०५५ सालमा दोलखाको भीमेश्वर नगरपालिकामा जन्मेका दीपेश अहिले १९ वर्षका भए । शाहले भने, खाने, रुने सामान्य नै भए पनि साह्रै थोरै तौलको थियो । पछि निकै बिरामी पर्न थालेपछि हामी परिवार नै काठमाडौं सर्यौं । मेरो जागिर पनि यतै भएपछि उसको उपचारतिर लागियो । केही वर्षपछि उसको स्वास्थ्य सामान्य बन्दै गए पनि उचाइ भने बढेन ।’ ‘हामीले खाने ठूलो एक गाँस भात जति उसको आहारा छ । एउटा बल्ल खाइसक्छ’, छोराको खानपिनबारे उनले भने ।
सुरुमा उनकी आमा धनकुमारी छोराको उचाइले निकै चिन्तित थिइन् । कलाकारितामा लागेर नाम कमाउन थालेपछि भने उनको चिन्ता केही कम भएको छ । उनका दुई दिदी र एक दाजुको उचाइ भने औसत नेपालीकै छ । दीपेनको तौल अहिले ११ केजी र उचाइ ३१ इन्च छ । गिनिज बुक अफ वल्र्ड रेकर्डमा दीपेनको नाम लेखाउन अहिले दीपेन शाह फान्डेसन र शिखर नेपालनामक दुई संस्था लागिरहेका छन् ।