Logo
६ आश्विन २०८१, आईतबार
(July 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२७३५ अंक पुगेर झर्‍यो सेयर बजार, साढे १९ अर्ब नाघ्यो कारोबार

१४ साउन, काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से २०.६३ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से परिसूचक २६६० अंकमा झरेको छ । तीन पटकसम्म २७०० नाघेको बजार अन्ततः घटेर बन्द भएको हो ।

कारोबार सुरु भएको दुई मिनेटमै नेप्से परिसूचक २७३५ अंकसम्म पुगेको थियो । त्यसपछि उतारचढावका क्रममा दुई पटक २७०० अंक नाघे पनि माथि टिक्न सकेन ।

बजार घट्दा कारोबार रकम भने उच्च भएको छ । १९ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम ३५ महिनायताकै उच्च हो । ७० कम्पनीको मूल्य बढ्दा १६८ को घट्यो भने ४ को स्थिर रह्यो ।

फाइनान्स ५६ तथा हाइड्रोपावर समूह २६ अंक बढे भने अरु सबै घटे । बैंकिङ ०.६, विकास बैंक १४२, होटल तथा पर्यटन १९, जीवन बीमा २५२, उत्पादन १३७, माइक्रोफाइनान्स २०६, निर्जीवन बीमा १४०, अन्य ०.५६ र व्यापार १७६ अंक घटे ।

नेपाल फाइनान्सको मूल्य सबैभन्दा धेरै ९.७ प्रतिशत बढ्यो । मन्दाकिनी हाइड्रोपावरको ८.५, बाराही हाइड्रोपावरको ६.८, जानाकी फाइनान्सको ६.८ तथा गणपति लघुवित्तको ६.५ प्रतिशत मूल्य बढ्यो । आरम्भ चौतारी लघुवित्तको मूल्य ८.३, बोटलर्स नेपाल बालाजुको ७.९, अभियान लघुवित्तको ६.८, गुराँस लघुवित्तको ६.७ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्टकुमारी बैंकनेपाल इन्भेस्टमेन्ट मेगा बैंकप्रभु बैंक र नेपाल फाइनान्स क्रमशः अगाडि रहे ।

प्रकाशित मिति: Jul 29, 2024

प्रतिक्रिया दिनुहोस्