Logo
१२ पुस २०८१, शुक्रबार
(October 30, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी तीन महिला नेतृलाई नेपाली कांग्रेसले प्रत्यक्षमा भिडाँउदै

आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा दोस्रो चरणको निर्वाचनको लागि कांग्रेसले ३ महिलालाई प्रत्यक्षबाट भिडाउने भएको छ ।

जसमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सिता गुरुङ, पार्टी केन्द्रीय सदस्य तथा पूर्व सांसद डिना उपाध्याय र पूर्व सांसद डा. आरजु देउवा छन् । कांग्रेसले गुरुङलाईतेह्रथुमबाट, उपाध्यायलाई मकवानपुर २ बाट र देउवालाई कैलाली ५ बाट भिडाउने भएको हो ।

त्यस्तै गुल्मीको क्षेत्र नम्बर १ र २ बाट क्रमशः चन्द्र भण्डारी र चन्द्र केसी उम्मेदवार बन्ने भएका छन् । सोमबार बसेको कांग्रेस संसदीय समितिको बैठकले पाँचै जनालाई उम्मेदवार बनाउने निर्णय गरेको संसदीय समितिका सदस्य एनपी साउदले जानकारी दिए । मंसिर २१ को निर्वाचनको लागि आउँदो १६ गते आयोगमा उम्मेदवारी दर्ता गराउनु पर्नेछ ।

प्रकाशित मिति: Oct 30, 2017

प्रतिक्रिया दिनुहोस्