Logo
५ आश्विन २०८१, शनिबार
(July 28, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहकारी छानबिन समितिले लियाे विभिन्न राजनीतिक दलसँग सुझाव

काठमाडाैँ । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी क्षेत्रका विषयमा विभिन्न राजनीतिक दलहरुसँग सुझाव लिएको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकमा एमाले लगाएत अन्य दलले सहकारीका विषयमा सुझाव दिएका हुन् । बैठकमा एमालेको सहकारी विभागले लिखित सुझाव दिएका थिए भने अन्य केहि दलले पनि मौखिक तथा लिखित सुझाव दिएको समिति संयोजक सूर्य थापाले जानकारी दिए ।

उनले सबैको सुझावका आधारमा सहकारी संस्था बचत रकम दुरुपयोगका सम्बन्धमा अध्ययन गर्न सहज हुने बताए । त्यस्तै आइतबार नै समितिले चाटर्ड एकाउन्टेन्ट सम्बन्धी संस्थाका प्रतिनिधिहरुसंग छलफल गरेको थियो । सो क्रममा सहकारी क्षेत्रको लेखा परिक्षणका क्रममा देखिएका तथ्यहरुका बारेमा जानकारी लिएको उनले बताए ।

नियमन नभएका कारण नै सहकारीमा बचत दुरुपयोगको अवस्था आएको संयोजक थापाले बताए । सहकारी संस्था बचत रकम दुरुपयोगको छानविनका लागि निरन्तर सरोकारवाला निकायहरुसँग छलफल गर्ने र निष्कर्षमा पुगिने उनले बताए ।

प्रकाशित मिति: Jul 28, 2024

प्रतिक्रिया दिनुहोस्