Logo
७ आश्विन २०८१, सोमबार
(July 24, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुर्घटनामा परेको जहाजबाट १३ वटा शव निकालियो उद्धारको प्रयास जारी

काठमाडौं,९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजबाट १३ जनाको शव निकालिएको छ ।

९ एनए एमई कलसाइनको उक्त जहाज आज बिहान सवा ११ बजे पोखरा जानेक्रममा विमानस्थलमा चिप्लिएर दुर्घटनामा परेको थियो ।

उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको स्रोतले जनाएको छ। विमानस्थलमा आगलागी भइ धुवाँ उडिरेहेको छ । सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् ।

जाहजका क्याप्टेन मनिष शाक्यसहित केहीको उद्धार गरेर अस्पताल लगिएको विमानस्थल स्रोतले जनाएको छ ।

गृहमन्त्री रमेश लेखक विमानस्थलमा पुगेका छन् । घटनालगत्तै उनी त्यहाँ गएका हुन् ।

प्रकाशित मिति: Jul 24, 2024

प्रतिक्रिया दिनुहोस्