Logo
२ कार्तिक २०८१, शुक्रबार
(July 22, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आम नागरिकको चाहनाअनुसार संविधान संशोधन हुन्छः उप-प्रधानमन्त्री सिंह

काठमाडौं- उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले आम नागरिकको चाहनाअनुसार संविधान संशोधन हुने बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र विषयक विचार गोष्ठीमा बोल्दै उनले संविधानको विशेषता नै संविधानमा उल्लेखित दफाहरू विधि, प्रक्रिया पूरा गरेर परिवर्तन गर्न सकिने बताए।

उनले समयको माग, जनताको चाहनाअनुसार संविधान परिवर्तन हुने बताए। उनले संघीयताको मर्म र भवनाअनुसार कानुनहरू बनाउन नसक्दा अहिलेको परिस्थिति सिर्जना भएको बताए।

मन्त्री सिंहले जनताको चाहना पूरा गर्नका लाग कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताए।

उनले युवाहरू रोजगारीको खोजिमा विदेशिनुपर्ने बाध्यतको अन्त्य, अर्थतन्त्र चलायमान बनाउन, विकास निर्माणका गतिविधि अघि बढाउनका लागि सरकारले काम गर्ने बताए।

उपप्रधानमन्त्री सिंहले तीन तहकै सरकार अधिकार सम्पन्न भएर काम गरेको भए अहिलेको अवस्था नआउने दाबी गरे।

प्रकाशित मिति: Jul 22, 2024

प्रतिक्रिया दिनुहोस्