Logo
७ आश्विन २०८१, सोमबार
(July 21, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशप्रति जनताको भरोसा टुटेको देख्दा डर लाग्यो : प्रधानमन्त्री

६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो देश निराशामा रहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा आइतबार विश्वासको मत माग्दै ओलीले ०४६ सालपछिको पुस्ताले यति चरम निराशा पहिलो पटक देखेको बताए ।

अर्थतन्त्र डामाडोल अवस्थामा रहेको भन्दै उनले भने, ‘आयात र निर्यात घटेको छ । तानतुन गर्दा पनि लक्ष्यअनुसार ७६ प्रतिशत मात्र राजश्व उठेको छ । यसले देशको अर्थतन्त्रमा कति ठूलो समस्या सिर्जना भएको छ भन्ने देखाउछ ।’

बैंकहरुमा पैसा थुप्रिएको, ब्याजदर पनि न्यून रहेको अवस्थामा पनि लगानी गर्न व्यवसायीहरु तयार नभएको उनले बताए । ‘सरकार स्टन्टबाज भयो, सरकार थुन्ने अनि सुन्ने भयो भन्ने गुनासो बोेकेर धाउँदैधाउँदै काम गर्न पाएनन्’ ओलीले भने ।

विकास निर्माण लथालिंग भएको र भ्रष्टाचारले सीमा नाघेको भन्दै उनले भने, ‘मलाई सबभन्दा डर लागेको कुरा देशप्रति आम जनताको भरोसा टुटेको स्थिति । तिनको मनोबल नराम्ररी गिरेको अवस्था ।’

निराशा हटाउन, आशाको सञ्चार गर्न र देशलाई तीव्र आर्थिक दिशामा लैजान अहिलेको सरकार बनेको उनले बताए ।

आफ्नो सरकारको प्राथमिकताबारे उनले संसदमा जानकारी गराएका छन् ।

प्रकाशित मिति: Jul 21, 2024

प्रतिक्रिया दिनुहोस्