Logo
७ आश्विन २०८१, सोमबार
(July 21, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘संवैधानिक परिषद्मा सत्ता पक्षले उपसभामुखकाे चरित्र हत्या गर्याे’ : सुमना श्रेष्ठ

काठमडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा रानामाथि सत्तापक्षले गलत नियतका साथ मिडिया ट्रायल गरेर चरित्र हत्या गरेको आरोप लगाएकी छिन् । आइतबार संसदमा बोल्दै उनले रास्वपाको तर्फबाट उपसभामुख रानमाथि सत्तापक्षले संवैधानिक परिषद्मा अल्पमतमा परेको भयको प्रतिशोध साँधेको बताईन् ।

‘उपसभामुख रानामाथि नैतिकता र मानव तस्करको आरोप लगाउनेहरुले.भुटानी शरणार्थी प्रकरणलाई संसदमा छानबिन गर्न सक्छन् ?’ सुमनाले प्रश्न गरिन् ।

उनले आफ्नो जीन्दगीभरको कमाई अनाथ आश्रममा खर्चिएर संघर्ष र मानव सेवाको काम गरेर राजनीतमा आएको मान्छेलाई सत्तापक्षले एक वर्ष अघिको कागज पत्र देखाएर चरित्र हत्या गरेको बताईन् ।

उनले संवैधानिक परिषद्मा अल्पमतमा परेको डरले यस्तो ट्रायल र चरित्र हत्या गरेको भन्दै हाकाहाकी सो पद माग्न हिम्मत गर्न सत्ता पक्षलाई चुनौती दिइन् । उनले चरित्र हत्या कुनै हालतमा स्वीकार्य नहुने पनि बताइन् ।

प्रकाशित मिति: Jul 21, 2024

प्रतिक्रिया दिनुहोस्