Logo
७ आश्विन २०८१, सोमबार
(July 21, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुरे संरक्षणको माग गर्दै काठमाडौंमा मधेशवासीको प्रदर्शन (तस्वीरहरू)

४ साउन, काठमाडौं। तराई-मधेशमा चुरे संरक्षण र पानीको अभाव समस्या समाधान गर्न माग गर्दै माइतीघरदेखि बानेश्वरसम्‍म मधेशवासीहरू पुन: प्रदर्शनमा उत्रिएको छ । शुक्रबार माइतीघरदेखि बानेश्वरसम्‍म उनीहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरूको प्रदर्शनमा बृहत् नागरिक आन्दोलन पनि समर्थन जनाउँदै ब्‍यानरसहित सडकमा उत्रिएको छ ।

‘सरकार पानी देऊ, वनलाई डढेलोमुक्त बनाऔ, भूमिविहीनका नाममा चुरे अतिक्रमण बन्द गर, खानीका खातिर रुख रोपौं’ लगायतका नाराहरू मधेशवासी र वृहत नागरिक आन्दोनलमा सहभागीहरूले नारा लगाइरहेका छन् ।

वैशाख १६ गतेदेखि पैदल हिंडेर मधेशको पानीको समस्याबारे सरकारलाई जानकारी गराउन र समस्या सम्बोधनका लागि दबाब दिन काठमाडौं आएका मधेशका विभिन्न जिल्लाका बासिन्दा करिब ३ महिनाअखि माइतीघरमा धर्ना बसिरहेका थिए ।

चुरे संरक्षण अभियन्ता सुनिलकुमार यादवले चुरे संरक्षणको नाममा सरकारले हरेक वर्ष करोडौं रुपैयाँ खर्च गरे पनि चुरे विनाशका कारण मधेशमा ८० प्रतिशत चापाकल सुकेको बताउँछन् । आफूहरु चुरे संरक्षणको माग उठाएर आन्दोलन गर्दा दलहरुले बेवास्ता गरेको भन्दै उनले आक्रोश पोखेका छन् ।

हेर्नुहोस् तस्वीरहरू :

प्रकाशित मिति: Jul 19, 2024

प्रतिक्रिया दिनुहोस्